रोल्पा जिल्ला तेक्वान्दो संघको वार्षिक साधारण सभा सम्पन्न ।

नेपाल तेक्वान्दो संघ, प्रदेश तेक्वान्दो संघको बार्षिक कार्यक्रम अनुसार रोल्पा जिल्ला तेक्वान्न्दो संघको वार्षिक साधारण सभा मिति २०७९ साल चैत्र १४ गते सम्पन्न भएको छ ।

रोल्पा जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष त्रिभुवन रानाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम रोल्पा जिल्ला तेक्वान्दो संघका अध्यक्ष हेमन्त खत्रीले अध्यक्षता गर्नुभएको थियो भने, प्रमुख अतिथि रोल्पा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोलङ घर्तीमगर, विशेष अतिथि रोल्पा जिल्ला तेक्वान्दो संघका प्रदेश सदस्य दिनेश बुढामगर, विशेष अतिथि रोल्पा जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष तथा रोल्पा वक्सिङ संघका अध्यक्ष टंकबहादुर बुढामगर, रोल्पा जिल्ला कराते संघका अध्यक्ष श्री कृष्ण घर्तीमगर, रोल्पा जिल्ला व्यडमिन्टन संघका कोषाध्यक्ष अशोक आचार्य, त्रिवेणी गापा तेक्वान्दो विकास समितका अध्यक्ष टेकराज पुनमगर, जिल्ला कार्यसमितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन रोल्पा जिल्ला तेक्वान्दो संघका सचिब लोकेन्द्र सेनले गर्नु भएको । सम्पूर्ण सहभागी तथा तेक्वान्दो प्रेमीहरुमा रोल्पा जिल्ला तेक्वान्दो संघ हार्दिक आभार तथा कृतज्ञ ब्यक्त गर्दछु छौँ।

Leave a Comment